Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


बाढीका घाइतेलाई रगत अभाव हुन नदिन तरुण दलकाे रक्तदान कार्यक्रम, १५० भन्दा बढीले दिए रगत


0
Shares

काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोमा परी घाइते भएका नागरिकका लागि रगतको अभाव हुन नदिन नेपाल तरुण दल केन्द्रीय समितिले विशेष रक्तदान कार्यक्रम आयोजना गरेको छ।

विपद्को समयमा रगत अभावका कारण कुनै पनि घाइतेको ज्यान जोखिममा नपरोस् भन्ने उद्देश्यले आयोजित कार्यक्रममा १५० जनाभन्दा बढी तरुण युवाले उत्साहपूर्वक रक्तदान गरेका छन्।

कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्षले विपद्का बेला नागरिकको सुरक्षा र जीवनरक्षाभन्दा महत्वपूर्ण अरू केही हुन नसक्ने बताउनुभयो। उहाँले जनता नै राष्ट्रको मूल आधार र सार्वभौम शक्ति भएको उल्लेख गर्दै नागरिकको दुःखमा साथ दिन तरुणहरू सधैँ अग्रपङ्क्तिमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “जनताको सुरक्षा र अधिकारभन्दा ठूलो अरू केही छैन, जनता नै यो राष्ट्रका सार्वभौम मालिक हुन्।”

घाइतेको उपचारमा आवश्यक रगत उपलब्ध गराउन तथा विपद्का कारण प्रभावित नागरिकलाई सहयोग गर्न तरुण युवाहरू निरन्तर सक्रिय रहने उहाँले बताउनुभयो। साथै, विपद्का हरेक मोर्चामा राहत तथा उद्धारका लागि अग्रपङ्क्तिमा उभिएर जनताको साँचो साथी बन्न उहाँले तरुणहरूलाई आह्वानसमेत गर्नुभयो।