Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


रसुवा बाढीले बगाएको शवबाट कानको मुन्द्रा निकाल्ने २ जना पक्राउ


780
Shares

काठमाडाैं । रसुवाको भीषण बाढीमा परी ज्यान गुमाएकाको शवबाट कानको मुन्द्रा निकाल्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई चितवन बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरी घर भई चितवन बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन् ।

बाढीमा ज्यान गुमाएर बग्दै नारायणीसम्म पुगेको शवबाट कानको मुन्द्रा निकाल्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको हो।

समाजिक संञ्चालमा सोही भिडियो भाइरल भएकाे थियाे ।परेका उनीहरुलाई कानुनी कारवाहीकाे प्रक्रिया अघि बढाएकाे प्रहरीले जनाएकाे छ ।