Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


रसुवा भीषण बाढीका कारण जनधनको क्षति भएकाेप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त


416
Shares

एजेन्सी। संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले नेपाल-चीनमा आएको भीषण बाढीका कारण अधिकांश मानिसको ज्यान गएको र बेपत्ता भएका तथा व्यापक भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएकाे छ।

महासचिव गुटेरेसले मृतकका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएकाे हाे। साथै, उहाँले बाढीबाट प्रभावित सबै नागरिकप्रति आफ्नो पूर्ण ऐक्यबद्धता प्रकट गर्नुभएकाे छ। नेपालमा राष्ट्रसंघले सरकारको नेतृत्वमा भइरहेको विपद् प्रतिकार्यमा पूर्ण सहयोग गरिरहेको उहाँले उल्लेख गर्नुभयाे।

महासचिव गुटेरेसले यसमा विपद्को वास्तविक क्षतिको आकलन गर्ने र तत्काल आपत्कालीन राहत पुर्‍याउने कार्य समावेश रहेको बताउनुभएकाे छ। प्रभावित समुदायलाई सहयोग पुर्‍याउन राष्ट्रसंघीय टोली तथा मानवीय सहायताका साझेदारले आवश्यक राहत सामग्री र दक्ष जनशक्ति परिचालन गरिरहेको समेत बताउनुभयाे।

महासचिव गुटेरेसले जीवनरक्षाका निम्ति खटिएका आपत्कालीन उद्धारकर्ताको प्रशंसा गर्दै राष्ट्रसंघ थप आवश्यक सहयोग उपलब्ध गराउन पूर्ण रूपमा तयार रहेको पनि बताउनुभएकाे छ।