काठमाडौं । अष्ट्रेलियमा जारी टप एण्ड टी-२० सिरिजमा बिहीबार नेपाल ‘ए’ ले हैदरावाद किङ्समेन एकेडेमीविरुद्ध खेल्दैछ ।
खेल डार्विनस्थित गार्डेन ओभलमा बिहीबार बिहान सवाँ ९ बजेदेखि शुरु हुने भएकाे हाे । जारी प्रतियोगितामा नेपाल तेस्रो जित निकाल्दै अङ्क तालिकामा सुधार गर्ने लक्ष्यमा छ। नेपालले शुरुवाती दुई खेलमा पराजय व्यहोर्दा पछिल्लो दुई खेलमा लगातार जित दर्ता गरेको हाे।
नेपालले आफ्नो चौथो खेलमा बुधबार अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विरुद्ध ४ विकेटको जित निकालेको थियो । यसअघि तेस्रो खेलमा होबार्ट हरिकेन्स एकेडेमीलाई हराएको नेपाल पहिलो र दोस्रो खेलमा क्रमशः नर्दन टेरिटोरी स्ट्राइक र बङ्गलादेश हाइपर्फमेन्स–११ सँग पराजित भएको थियो ।









प्रतिक्रिया दिनुहोस्