काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद् व्यवस्थापनकाे बारेमा छलफल गर्न सर्वदली बैठक बोलाएको छ।
पार्टी सभापति रवि लामिछानेले बिहीबारका लागि सर्वदलीय बैठक बोलाउनुभएकाे हाे। बिहीबार बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक बस्ने भएकाे छ।
भोटोकोशी नदीमा बुधबार आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका जिल्लामा जनधन तथा मानवीय क्षति भएको हाे । रास्वपाले उक्त विषयमा सबै पक्षसँग छलफल गर्दै विपद् तयारीमा एकजुट हुनका लागि बैठक बोलाएको बुझिएकाे छ।









प्रतिक्रिया दिनुहोस्