काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न आग्रह गर्नुभएकाे छ।
सभापति थापाले बुधबार सामाजिक सञ्जालमार्फत भोटेकोसी नदीमा आएको बाढीले ठूलो क्षति पुर्याएपछि थापाले यस्तो आग्रह गर्नुभएकाे हाे। सबै तहका सरकारसँग समन्वय गरेर उद्धार र राहतमा केन्द्रित रहन अनुरोध गर्नुभएकाे छ। विपद् व्यवस्थापनका लागि सरकारको प्रयासमा कांग्रेसको पूर्ण साथ र सहयोग रहने पनि उहाँको भनाइ थियाे ।
कांग्रेसका सम्पूर्ण समितिहरूलाई विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायत जिल्लाका नेतृत्व एवं सबै सदस्यहरूलाई तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा राख्न, उद्धार तथा राहत कार्यमा तुरुन्त जुटेर सहयोग गर्न समेतउहाँले अपिल गर्नुभयाे।
सभापति थापाले विपदको अवस्थामा भोटेकोशी, त्रिशूली नदीको तल्लो तटीय र आसपासको क्षेत्रमा उच्च शतर्कता अपनाउन तथा सुरक्षित रहन आग्रह गर्नुभएकाे छ।










प्रतिक्रिया दिनुहोस्