Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


प्रतिनिधि सभाको बैठक स्थगित (सूचनासहित)


0
Shares

काठमाडौं । प्रतिनिधि सभाको मंगलबारका तय गरिएकाे बैठक स्थगित गरिएकाे छ।

संघीय संसद् सचिवालयले मंगलबार सूचना जारी गर्दै सभाकाे बैठक बुधबार बस्ने जनाएको हाे। यसअघि बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको थियो। विशेष कारणवश निर्धारित मिति र समयमा बैठक बस्न नसक्ने भएपछि बैठकको मिति र समय परिवर्तन गरिएको हो।

प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गर्नुभएको जारी सूचनामा उल्लेख गरिएकाे छ। संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी सूचनामार्फत सम्पूर्ण सांसदहरूलाई बैठकको नयाँ मिति र समयकाे बारेमा जानकारी गराइएकाे बताउनुभयाे।

Skip This