काठमाडौं । अविरल वर्षासँगै लमजुङ र कास्कीसहित १५ जिल्लामा मंगलबार पनि आकस्मिक बाढीको जोखिमको पूर्वानुमान गरिएकाे छ।
बाढी पूर्वानुमान महाशाखाले कतिपय साना-ठूला नदीमा पानीको बहाव उल्लेख्य रुपमा बढ्ने सम्भावना रहेको जनाएको हाे।मंगलबार ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, नुवाकोट, रसुवा, तनहुँ, लमजुङ, कास्की, दैलेख, सुर्खेत र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य रुपमा बढ्ने पूर्वानुमान गरिएकाे छ ।
साेही जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको हाे। महाशाखाले त्रिशूली र दूधकोसी लगायतका केही ठूलामा नदीमा पनि बहाव उल्लेख्य रुपमा बढ्ने पूर्वानुमान गरेकाे छ ।










प्रतिक्रिया दिनुहोस्