Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


त्रिभुवन विमानस्थलमा चिनियाँ नागरिकको साथबाट ७२ लाख रूपैयाँ बराबरको सामान बरामद


351
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिककाे साथबाट भन्सार छलीका ७२ लाख बराबरको सामान बरामद भएको छ।

विमानस्थल सुरक्षा कार्यालयले चाइना इस्टर्न एयरलाइन्सको उडानमार्फत नेपाल आएका चिनियाँ नागरिक छन् झुसनको साथबाट उक्त परिमाणको सामान बरामद गरिएको जनाएकाे हो । उनको साथबाट बिलबिजक नभएका मोबाइल तथा ल्यापटप, ल्यापटपका पार्टपुर्जासहित डिस्प्ले, कभरलगायत सामग्री तथा सुर्तीजन्य पदार्थ बरामद गरिएको छ।

अन्तर्राष्ट्रिय आगमन भन्सार क्षेत्रबाट बाहिर निस्किने क्रममा शंका लागेपछि उनलाई सोधपुछ तथा जाँच गरिएको थियो । त्यसक्रममा ७२ लाख २५ हजार बराबरको ती सामग्री बरामद गरिएको सुरक्षा कार्यालयले जनाएकाे हाे।