Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


जीप दुर्घटनामा दुईको मृत्यु, १० जना घाइते


0
Shares

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८, करादीस्थित भित्री सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा दुई यात्रुको मृत्यु भएको छ भने १० यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका अनुसार, सोमबार साँझ गल्याङ नगरपालिका–९, साङलियातर्फ जाँदै गरेको बोलेरो दुर्घटना भएको हो ।

उकालो घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दुई यात्रुको घटनास्थलमै मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन । त्यस्तै, चालकसहित १० यात्रु घाइते भएका छन् ।

उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । जीपमा कति जना सवार थिए भन्ने यकीन हुन बाँकी छ ।