Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


बर्दियामा १० लाख रुपैयाँ बराबरको तर्बुजाको बिउ बरामद


0
Shares

केशव कोइराला,बर्दिया । बर्दियामा प्रहरीले करिब १० लाख रुपैयाँ बराबरको तर्बुजाको बिउ बरामद गरेको छ।

बढैयाताल गाउँपालिका–२ स्थित फुटाहबाट सोमबार बिहान प्रहरीले लुकाइछिपाइ राखिएको अवस्थामा ठूलो परिमाणमा तर्बुजाको बिउ बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक तथा निमित्त सूचना अधिकारी बिरेन्द्र बहादुर बोहराका अनुसार विशेष सूचनाका आधारमा सोमबार बिहान करिब ६ बजे इलाका प्रहरी कार्यालय मैनापोखर, मातहतको प्रहरी चौकी जमुनी तथा सशस्त्र प्रहरी बल नं. ३१ गणबाट खटिएको संयुक्त प्रहरी टोलीले फुटाहस्थित सडक छेउमा लुकाइछिपाइ राखिएको बिउ फेला पारेको थियो।

प्रहरीका अनुसार बरामद गरिएको तर्बुजाको बिउको अनुमानित बजार मूल्य करिब १० लाख रुपैयाँ रहेको छ। बरामद बिउ आवश्यक कारबाही तथा अनुसन्धानका लागि छोटी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रहरीले बिउ कहाँबाट ल्याइएको हो, कसले लुकाएर राखेको थियो र यसको उद्देश्य के थियो भन्ने विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

Skip This