काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउने पक्षमा नरहेको स्पष्ट पार्नुभएकाे छ।
विराटनगरमा शनिबार प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै उहाँले आफूहरू अहिले पार्टीलाई पुरानै अवस्थामा फर्काउन पुनर्गठनको प्रक्रियामा रहेको बताउनुभएकाे हाे । पार्टी नेतृत्व परिवर्तन सामाजिक सञ्जालको बहस, सार्वजनिक टीकाटिप्पणी वा बाहिरी छलफलबाट नहुने उहाँले उल्लेख गर्नुभएकाे छ। उहाँले एमालेको महाधिवेशन कहिले हुने भन्ने निर्णय गर्ने पूर्ण अधिकार पार्टीको केन्द्रीय कमिटीसँग मात्र रहेको बताउनुभयाे ।
पार्टीमा रूपान्तरण आवश्यक रहेको उहाँले स्वीकार गर्नुभएकाे छ । जनतासँगको सम्बन्ध पुनः जोड्न र कार्यकर्ताको मनोबल बढाउन पार्टीभित्र छलफल भइरहेको तथा यसनिम्ति कार्यदल गठन गरिएको उहाँले जानकारी गराउनुभयाे। महासचिव पोखरेलले लोकतन्त्र र संविधानको रक्षाका निम्ति संसद्भित्र तथा बाहिर रहेका दलहरूसँग सहकार्यको प्रयास भइरहेको बताउनुभएकाे छ ।
महासचिव पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको स्वेच्छाचारी र अधिनायकवादी कार्यशैलीलाई रोकेर लोकतन्त्रलाई सही मार्गमा ल्याउन राष्ट्रपतिसँग पनि संवाद गरिने उल्लेख गर्नुभयाे। प्रधानमन्त्री शाहले संसदीय लोकतन्त्रका आधारभूत स्तम्भहरूको उपेक्षा गरेको र संसद्प्रति उत्तरदायी नबनेको उहाँले बतउनुभएकाे छ।









प्रतिक्रिया दिनुहोस्