काठमाडाैं । काठमाण्डू महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलाे हतियार प्रहारबाट एक युवककाे मृत्यु भएकाे छ । घटनामा संलग्न एक किशोर पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्ष अनुसार दाङ घोराही उपमहानगरपालिका–१७ क स्थायी बासी २२ वर्षीय वसन्त कालाथोकी शुक्रबार भोर होस्टलमा १८ वर्षीय किशोर आ २० वर्षीय प्रमित पटेलकाे धारिलाे हतियार प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते कालाथोकी मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे । घटना भए लगत्तै प्रहरी वृत्त नयाँ बानेश्वरटोली बारा कलैया उपमहानगरपालिका–३ घर भएका ८ वर्षीय किशोरलाई पक्राउ गरेकाे छ । घटनामा संलग्न आरोप अन्य पाँच व्यक्ति प्रहरी नियन्त्रणमा लिने क्रकमा फरार रहेका छन् । उनीहरुकाे खाेजी कार्य जारी छ ।









प्रतिक्रिया दिनुहोस्