Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


ललितपुर र भक्तपुरसहित देशका २५ जिल्ला आज आकस्मिक बाढीको जोखिममा (सूचीसहित)


377
Shares

काठमाडौं । अविरल वर्षासँगै ललितपुर र भक्तपुरसहित देशका २५ जिल्लामा शुक्रबार आकस्मिक बाढीको जोखिमको पूर्वानुमान गरिएकाे छ ।

बाढी पूर्वानुमान महाशाखाले कतिपय साना-ठूला नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको जनाएको हाे ।शुक्रबार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, भोजपुर, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान छ।

साेही जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको हाे । त्रिशूली, सप्तकोसी, कर्णाली र महाकाली लगायतका ठूला नदीमा पनि बहाव उल्लेख्य रूपमा बढ्ने महाशाखाले पूर्वानुमान गरेकाे छ ।