Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


मेडिकल व्यवसायी प्रसाईको घरमा प्रहरीकाे खानतलासी, ६ सेट मोबाइल नियन्त्रणमा


546
Shares

काठमाडौं । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरमा रहेकाे घरमा खानतलासी गरेको छ।

प्रहरीले बिहीबार साँझ खानतलासी गरेर प्रसाईं र उहाँका सहयोगीसहितका ६ सेट मोबाइल नियन्त्रणमा लिएको हाे। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले उहाँको घरमा खानतलासी गरेको हाे। उपत्यका प्रहरी कार्याय रानीपोखरी स्रोतले प्रसाईंको घरमा खानतलासी गरेकाे जानकारी गराएकाे छ।

गत शुक्रबारदेखि प्रसाईंलाइ प्रहरीको निगरानी राखिएको थियाे । उहाँलाई घरबाट निस्कन पनि दिएको थिएन ।