काठमाडाैं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान संशोधनका लागि प्रतिनिधिसभाको दुई तिहाई बहुमतले मात्रै पर्याप्त नहुने बताउनुभएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा बोल्दै सभापति लामिछानेले संविधान संशोधनको कानूनी र संवैधानिक प्रक्रियाका जटिलतातर्फ ध्यानाकर्षण गराउनुभएको हो । सभापति लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दलहरूले संविधान संशोधनका लागि आवश्यक सङ्ख्या पुर्याउन सरकारलाई सहयोग गर्ने भनी दिएको अभिव्यक्तिको स्वागत गर्नुभयो ।
तर संशोधनका लागि प्रतिनिधिसभाको दुईतिहाइ सङ्ख्या मात्र अन्तिम आधार नभएको र यसका अन्य प्रक्रियागत पक्षहरूलाई पनि उत्तिकै ध्यान दिनुपर्नेमा जाेड दिनुभयाे। सरकारलाई सहयोग गर्ने भावना र तत्परता देखाउने दलहरूप्रति आभार व्यक्त गर्नुभएकाे छ।
सभापति लामिछानेले संविधान र कानूनको पूर्ण पालना गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभएकाे हाे। उहाँले संविधान संशोधन जस्तो संवेदनशील विषयमा भावना भन्दा पनि कानूनी र संवैधानिक प्रक्रियालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएकाे छ।









प्रतिक्रिया दिनुहोस्