काठमाडाैं । नेकपा एमालेले बागमती प्रदेश सरकारको मुख्यमन्त्री प्रदेशसभा सदस्य किरण थापालाई बनाउने निर्णय गरेको छ।
संसदीय दलको मंगलबार बसेकाे बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । त्यस्तै, संसदीय दलका नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ । मुख्यमन्त्रीका लागि एमाले नेताहरूबीच विवाद चर्किरहेकाे समयमा संसदीय दलको बैठकले टुङ्ग्याएको हो ।
एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता समीकरणको सहमति भएसँगै प्रदेश सरकारहरूको भागबन्डामा बागमती प्रदेशको नेतृत्व एमालेले पाएको हो ।









प्रतिक्रिया दिनुहोस्