Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


सोमालियामा सरकारी सेना र विद्रोही समूहबीच झडप हुँदा ३० जनाकाे ज्यान गयाे


208
Shares

एजेन्सी। अफ्रिकी मुलुक सोमालियामा सरकारी सेना र सशस्त्र विद्रोही समूहबीच झडप हुँदा करिब ३० जना मारिएका छन् ।

सोमालियाको दक्षिण पश्चिम प्रान्तको अन्तरिम राजधानी बैदोआ कब्जा गर्न खोज्ने समूह र सेनाबीच भीषण गोलाबारी भएको हाे। उक्त प्रान्तका पूर्व रिजनल लिडर अब्दियाअजिज लाफ्तागारेनसँग बफादर लडाकुले शहर कब्जामा लिने प्रयास गरेका थिए ।

सोही क्रममा सरकारी सेनाले गरेको प्रतिकारमा कम्तिमा ३० जना लडाकु मारिएको रक्षा मन्त्रालयले दावी गरेको छ ।