Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


५ करोड ३० लाख लागतमा बनेकाे छत्रदेव गाउँपालिकाको प्रशासकीय भवनकाे उद्घाटन (तस्बिरसहित)

नागरिकलाई सेवा लिन सहज हुने विश्वास

91
Shares

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ।

गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले साेमबार विधिवत् रुपमा पूजा आजा गरी रिबन काटेर भवनको उद्घाटन गर्नुभएको हो। अध्यक्ष श्रेष्ठले भवन निर्माणको काम निर्माण कम्पनीका कारण ढिलाई भएता पनि अब सेवा प्रभाहमा सहज हुने अपेक्षा रहेको बताउनुभयाे।

त्यस्तै, यसअघि गाउँपालिकाले अस्थायी भवनबाट सेवा प्रवाह गर्दै आएको बताउदै उहाँले नयाँ भवन सञ्चालनमा आएसँगै नागरिकलाई सेवा लिन थप सहज हुने बताउनुभएकाे छ।

भवन निर्माणको कूल लागत ५ करोड ३० लाख ४६ हजार ४ सय १४ रुपैयाँ रहेको छ। २०७७ सालअसोज ३० गते भएकाे सम्झौता भवनको काम निर्माण कम्पनीका कारण ढिलाई भएको प्रमुख प्रशासकिय अधिकृत वासुदेव खनालले बताउनुभयो ।
भवन निर्माणका लागि स्थानीय सम्भु पोखरेल, गोविन्द पोखरेल र बिनिराम पोखरेलले १० रोपानी जग्गा निःशुल्क पालिकालाई हस्तान्तरण गरेको बताउनुभएकाे छ।

साेही पालिका उपाध्यक्ष मनी पन्थीले नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा प्रवाह गर्न प्रतिबद्ध रहेको बताउनुभयो।