Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


भाटभटेनीको भक्तपुर स्टोर अन्तर्राष्ट्रिय मोडलमा २४ सै घण्टा खुला


390
Shares

काठमाडौं । भाटभटेनीको भक्तपुर स्टोर अन्तर्राष्ट्रिय मोडलमा २४ सै घण्टा खुला गरिएको छ।

भाटभटेनीले आफ्ना स्टोर्सहरुलाई अन्तर्राष्ट्रिय मोडलमा २४ सै घण्टा सञ्चालनमा ल्याएको जनाएको हाे। सोही अनुसार पाइलट प्रोजेक्टका रुपमा भक्तपुरबाट शुरु गरिएको भाटभटेनीले जानकारी गराएकाे छ। भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले गत बुधबारदेखि परीक्षणको काम गरिएको बताउँदै सोमबारदेखि चौबीसै घण्टा खुला गरिएको बताउनुभयाे । विश्वमा यस्ता स्टोरहरु २४ सै घण्टा खुल्ने बताउँदै अध्यक्ष गुरुङले भाटभटेनी पनि सोही अनुसार सञ्चालनमा ल्याउन लागिएको बताउनुभएकाे छ।

साथै भाटभटेनीका सीओओ पानु पौडेलले पनि अन्तर्राष्ट्रिय चेन स्टोरहरु २४ सै घण्टा खुला रहने र अति व्यस्त हुने ग्राहकलाई रातिको समयमा फुर्सद निकालेर किनमेल गर्न सहज होस् भनेर खुला गरिएको बताउनुभयाे । उहाँले एउटा स्टोर्समा २५-३० वटा सवारीसाधन आवतजावत हुने भएकाले ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको पनि रातिको समयमा काम गर्दा त्यसका लागि पनि सहज हुने बताउनुभएकाे छ।