Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


दक्षिणी नाइजेरियाको आयटोरोमा समुद्रको सतह बढ्दै गएपछि तटीय बस्तीको अस्तित्व संकटमा


338
Shares

एजेन्सी । दक्षिणी नाइजेरियाको आयटोरोमा समुद्रको सतह बढ्दै गएपछि तटीय बस्तीको अस्तित्व नै संकटमा परेको छ।

प्रत्येक वर्ष समुद्र तट साँघुरिँदै गएको र समुद्रले बगाएका घरका भग्नावशेष अहिले बाँकी रहेको जमिनमा छरिएका समाचार संस्था एएफपीले जनाएको हाे। करिब १० हजार मानिसको बसोबास रहेको आयटोरो सन् १९४७ मा सामुदायिक स्वामित्वमा आधारित समाज निर्माण गर्न चाहने कम्युनिस्ट विचारबाट प्रभावित इसाईहरूको समूहले स्थापना गरेको थियो ।

तर सन् २००० को दशकदेखि बस्तीमा तटीय क्षयीकरण तीव्र हुँदै गएको छ । इलाजे जिल्लाका अन्य १९ समुदाय पनि यसबाट प्रभावित भएका  हुन् । नगर योजना विशेषज्ञ बार्नाबास ओगिरिमा जेम्सको अध्ययन अनुसार सन् १९८७ देखि २०२२ सम्म आयटोरोको तट रेखा हरेक वर्ष औसत १५ मिटर पछाडि सरेको छ ।

सन् २०२४ मा प्रकाशित ‘साइन्टिफिक रिपोर्ट’ को अध्ययनले पश्चिम अफ्रिकाको गिनीको खाडीमा समुद्री सतह प्रत्येक वर्ष करिब ३ दशमलव ९ मिलिमिटरले बढिरहेको र यो विश्वव्यापी औसत भन्दा १० दशमलव ५ प्रतिशत धेरै रहेको जनाएको थियो ।