Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


बढ्याे आज सुनचाँदीकाे मूल्य


260
Shares

काठमाडाैं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ।

आइतबार तोलामा ३ हजार ६ सय रूपैयाँले बढेको सुनको मूख्य साेमबार प्रतितोला एक हजार ६ सय रूपैयाँले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला ३ लाख ६ हजार ८ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी आइतबार प्रतितोला चार हजार सात सय १० रूपैयाँमा कारोबार भएको थियाे। तर चाँदी साेमबार तोलामा चार हजार सात सय ७० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य आइतबारको तुलनामा प्रतितोला ६० रूपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा साेमबार सुन प्रतिऔंस ४ हजार ३ सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।