Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


झापामा टिपरको ठक्करबाट ६५ वर्षीय साइकलयात्रीको निधन


78
Shares

काठमाडाैं। झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाले झापा गाउँपालिका–३ का ६५ वर्षीय इशनलाल गणेशको मृत्यु भएको जनाएकाे हो । शनिबार साँझ टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

दुर्घटनापछि भागेका टिपर चालक झापा गाउँपालिका-३ कामाटोलीका ३६ वर्षीय फागुलाल राजवंशीलाई पक्राउ गरिएको प्रहरीले बताएकाे हाे। गणेशको ज्यान गएको जानकारी पाएपछि आक्रोशित स्थानीयले टिपर तोडफोड गरेकाे प्रहरीले बताएकाे छ।