Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


इमेज टेलिभिजनकर्मी नरेन्द्र महतारा सम्मानित


312
Shares

काठमाडौं ।

इमेज टेलिभिजनकर्मी नरेन्द्र महतारा सम्मानित भएका छन् । कैलाशकूट सामाजिक अभियानले आफ्नो चौथो वार्षिक साधारणसभाको अवसरमा अभियानको प्रचारप्रसार तथा सामाजिक गतिविधिलाई आम नागरिक माझ योगदान पुर्‍याउन भन्दै टेलिभिजनकर्मी महतारालाई सम्मान गरेको हो ।

यस अवसरमा अभियानले महतारासहित पत्रकार सुरेन्द्र राउत लगायत समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आएका अन्य व्यक्तिहरुलाई समेत सम्मान गरेको छ । सामाजिक सेवा, सहयोग, प्रचारप्रसार तथा विभिन्न क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउने व्यक्तिहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले सम्मान कार्यक्रमलाई निरन्तरता दिइएको अभियानले जनाएको छ ।

कैलाशकूट सामाजिक अभियान विगतदेखि नै सामाजिक सेवाका विभिन्न गतिविधिमा सक्रिय रहँदै आएको छ । समाजका आवश्यकता र समस्यालाई केन्द्रमा राखेर सामाजिक काम गर्दै आएको अभियानले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुको पहिचान गरी सम्मानसमेत गर्दै आएको छ । संस्थाको यस प्रकारको गतिविधिले समाजमा सकारात्मक काम गर्ने व्यक्तिहरुलाई थप उत्साहित बनाउने विश्वास गरिएको छ ।

यसैबीच, कैलाशकूट सामाजिक अभियानले आफ्नो वेबसाइटसमेत सार्वजनिक गरेको छ । अभियानका गतिविधि, कार्यक्रम तथा सामाजिक कार्यसम्बन्धी जानकारी सर्वसाधारणले सहज रूपमा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले वेबसाइट सञ्चालनमा ल्याइएको हो ।

प्रविधिको प्रयोगमार्फत संस्थाका गतिविधिलाई थप व्यवस्थित र पारदर्शी बनाउँदै समाजका विभिन्न वर्ग तथा समुदायसम्म सूचना पुर्‍याउने अभियानको उद्देश्य रहेको छ । सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिको सम्मान र संस्थाका गतिविधिलाई डिजिटल माध्यमबाट सार्वजनिक गर्ने अभ्यासले अभियानको सामाजिक पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।