Logo २७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026


मुलुकमा सुशासन कायम गर्न सबै सरकारी सेवाहरू ‘पेपरलेस’ र ‘फेसलेस’ बनाउन आवश्यकः अध्यक्ष पाण्डे


143
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकमा सुशासन कायम गर्नको लागि सबै सरकारी सेवाहरु ‘पेपरलेस’ र ‘फेसलेस’ हुन आवश्यक रहेको बताउनुभएको छ ।

काठमाडौं शुक्रबार आयोजित एक अभिमुखिकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सरकारी सेवाहरु ‘कन्ट्याक्टलेस, पेपरलेस र फेसलेस’ भए मात्र मुलुकमा सुशासन कायम हुन सक्ने उहाँको भनाइ छ । अध्यक्ष पाण्डेले उद्योग विभागका सबै सेवाहरु डिजिटल प्रणालीमार्फत हुने कुराले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने बताउनुभयो ।

अध्यक्ष पाण्डेले विगतमा समेत उद्योग विभागले डिजिटल प्रणालीमर्फत सेवा प्रवाह गर्ने भने पनि फाइल बोकेर कुद्नुपर्ने अवस्था रहेकोमा अगामी दिनमा त्यस्तो अवस्था आउन नदिने कुरामा विभाग गम्भीर हुनुपर्ने बताउनुभएकाे छ। डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गरी सरकारी निकायका प्रणालीहरूलाई आपसमा अन्तरसम्बन्धित बनाउनुपर्नेमा समेत उहाँले जोड दिनुभयाे।

अध्यक्ष पाण्डेले स्वदेशी तथा विदेशी लगानीकर्ता र प्रत्यक्ष वैदेशिक लगानी ९एफडीआई०लाई आकर्षित गर्नसमेत डिजिटल प्रणालीले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएकाे छ।