Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


गण्डकी प्रदेशका ९ जिल्लामा फैलियो डेंगु

हालसम्म ८ सय ३९ जनामा संक्रमण पुष्टि 

78
Shares

काठमाडाैं । गण्डकी प्रदेशका ९ जिल्लामा डेंगुको सङ्क्रमण देखिएको छ ।

प्रादेशिक रोग नियन्त्रण केन्द्रले गत मंगलबारसम्म ८ सय ३९ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हाे। सबै भन्दा बढी बागलुङमा ३ सय ६६, कास्कीमा २ सय २२, गोरखामा ९९, तनहुँ ६४, म्याग्दी ३३, पर्वत २१, लमजुङ १७, स्याङ्जा १३ र नवलपुरमा चार जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

हिमालपारिको जिल्ला मुस्ताङ र मनाङमा अहिलेसम्म डेंगु संक्रमित नभेटिएको केन्द्रले जनाएकाे हाे। अधिकांश डेंगी संक्रमित बागलुङ नगरपालिका र पोखरा महानगरपालिकामा रहेको छ। बागलुङ नगरपालिकामा ३ सय ५९ र पोखरा महानगरपालिकामा २ सय १३ जनामा संक्रमण देखिएको हो ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले डेंगु संक्रमण रोक्न ‘खोज र नष्ट गर’ अभियान शुरु गरिएको जनाएकाे छ।