काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले एस्टन भिल्लालाई २-१ गाेलले पराजित गर्दै लगातार दोस्रो पटक यूइएफए सुपर कपको उपाधि जितेको छ ।
रेड बुल एरिनामा बुधबार राति भएको फाइनल खेलमा पिएसजीले २० औं मिनेटमा अग्रता लिएको हो । तर, पहिलो हाफको अन्तिम मिनेटमा एस्टन भिल्लाका १७ वर्षीय ब्रायन माड्जोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । पिएसजीका डिजिरे डुएले ६२ औं मिनेटमा निर्णायक गोल गरेका थिए । योसँगै च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष जितेको उपाधि रक्षा गरेको छ।
उसले गएको वर्ष टोटनहम हटस्परलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पहिलो पटक सुपर कप जितेको थियो । यो हारसँगै भिल्लाका प्रशिक्षक उनाइ एमरीको सुपर कपको फाइनलमा उपाधि जित्ने प्रयास फेरि असफल भएको छ ।









प्रतिक्रिया दिनुहोस्