Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


राष्ट्रिय सभाकाे बैठक आज बस्दै (कार्यसूचीसहित)


130
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक बुधबार बस्दैछ ।

सिंहदरबारमा बुधबार दिउँसो सवाँ १ बजेदेखि बैठक शुरु हुने संसद सचिवालयले जनाएकाे हाे। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेश गर्ने सम्भावित कार्यसूची रहकाे छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे हाे ।

राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४१ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने सम्भावित कार्यसूची रहेकोसचिवालयले जनाएको छ ।