Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


कोशी ग्यास उद्योगलाई २ लाख ९० हजार रुपैयाँ जरिवाना


8.2k
Shares

मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले बूढीगंगा गाउँपालिका–४ स्थित कोशी ग्यास उद्योगलाई २ लाख ९० हजार रुपैयाँ जरिवाना गरेको छ।

कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाका अनुसार बजार अनुगमनका क्रममा कोशी ग्यास उद्योगले कम तौलको सिलिण्डर बजारमा पठाएर उपभोक्ता ठगी गरेको हुँदा ३ लाख रुपैयाँ जरिवाना गरिएको जानकारी दिए।

सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले कोशी ग्यास उद्योगले बजारमा कम तौलको सिलिण्डर वितरण गरेको भेटिएपछि २ लाख ९० हजार रुपैयाँ जरिवानासहित कारबाही गरिएको बताएका छन्।

उद्योगबाट बजारमा पठाउन तयारी गरिरहेको अवस्थामा राखिएका १ सय ४३ वटा सिलिण्डरमध्ये ६४ वटाको शनिबार तौल परीक्षण गरिएको थियो। जसमा प्रत्येक सिलिण्डरमा १३ दशमलव ७ सय ४५ किलोग्राम मात्र तौल भेटिएको थियो।

यद्यपि, बाँकी सिलिण्डरमा पनि १४ दशमलव ९ सय १५ किलोग्राम ग्यास पाइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । कोशी ग्यास उद्योगका खाली सिलिण्डरको तौल जाँच गर्दा १० वटामध्ये ९ वटा सिलिण्डरमा १ सय देखि १ सय ५० ग्राम बढी तौल भेटिएकाले कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।

त्यसैगरी, बजारमा ग्यास अभाव रहेको अवस्थामा कार्यालयले आइतबार गरेको बजार अनुगमनका क्रममा विराटनगर–७ स्थित श्रीकृष्ण टे«डसले जाँचबुझमा सहयोग नगरेपछि ११ हजार रुपैयाँ जरिवाना गरिएको जनाएको छ।

Skip This