Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


ग्यास सिलिन्डरमा कालोबजारी गरेको आरोपमा एक जना पक्राउ


1.4k
Shares

बागलुङ । बागलुङमा खाना पकाउने ग्यास सिलिन्डर कालोबजारी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पिकअप भ्यानसहित पक्राउ गरेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखास्थित सडकमा बागलुङ नगरपालिका वडा नम्बर १३ बस्ने ४३ वर्षीय भूपति जैसीले पिकअप भ्यानमा गृहलक्ष्मी लेखिएको एलपीजी खाना पकाउने ग्यास सिलिन्डर बढी मूल्य लिई लुकाइछिपाई सर्वसाधारणलाई बेचबिखन गरिरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

उक्त पिकअप भ्यानलाई रोकी जाँच गर्दा ४१ थान गृहलक्ष्मी लेखिएको भरी ग्यास सिलिन्डर र १९ थान बेचबिखन भइसकेका खाली ग्यास सिलिन्डर फेला पारिएको थियो। प्रहरीले जैसीलाई पिकअप भ्यानसहित नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङबाट कालाबजारीसम्बन्धी कसूरमा ७ दिनको म्याद थप अनुमति लिई उनीमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।