Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


गृहमन्त्री गुरुङ शिक्षण अस्पतालमा, मेहताका परिवारसँग वार्ता सुरु


143
Shares

काठमाडौं ।

उपचारका क्रममा मृत्यु भएका रवीन्द्र मेहताका परिवार र गृहमन्त्री सुधन गुरुङबीच त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा वार्ता सुरु भएको छ।

साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएका २२ वर्षीय मेहताको आज उपचारका क्रममा मृत्यु भएको थियो।

यसअघि गृहमन्त्री गुरुङले दुवै पक्षका नेताहरूसँग छुट्टाछुट्टै भेट गरी पछिल्लो अवस्था, शान्ति–सुरक्षा र आपसी सद्भावबारे छलफल गरेका थिए ।