काठमाडौं । चलचित्र ‘पच्चीस पच्चीस’ निर्माणको घोषणा गरिएको छ ।
निर्देशक सुब्रत आचार्यले चलचित्रलाई निर्देशन गर्ने भएका हुन् । चलचित्रका निर्मातामा कर्ण कार्की, सह–निर्मातामा अजय न्यौपाने र धीरेन्द्रलाल कर्ण रहेका छन् । कार्यकारी निर्माताको जिम्मेवारी दीपेन्द्र गौतमले सम्हालेका छन् ।
चलचित्रमा अभिषेक खड्का, खुसी कार्की र प्रमोद अग्रहरि मुख्य भूमिकामा रहने जनाइएकाे हाे । चलचित्रमा सामाजिक सञ्जालमा लोकप्रिय दार्जिलिङका कमेडियन भक्ते भाइको नामले परिचित अमित सुब्बाको पनि अभिनय रहने भएकाे छ।
चलचित्रको कथा सुब्रत आचार्य र जयाको र पटकथा लेखन सुशील देवकोटाले गरेका हुन् । हरि हुमागाईंले यस चलचित्रको छायांकन निर्देशन गर्ने भएका छन् ।









प्रतिक्रिया दिनुहोस्