Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


भारतको बिहारमा जेएसपीका प्रमुख प्रशान्तको ऐतिहासिक जित

भत्कियो भाजपाको ३ दशकदेखिको गढ

676
Shares

एजेन्सी । भारतको बिहार राज्यको बाँकीपुर विधान सभा क्षेत्रको उपचुनावमा जन सुराज पार्टी (जेएसपी) का प्रमुख प्रशान्त किशोर अर्थात पीके विजयी हुनुभएको छ ।

जितसँगै त्यस क्षेत्रमा भारतीय जनता पार्टी (भाजपा) को करिब ३ दशकदेखिको गढ भत्किएको हाे । पहिले विभिन्न राजनीतिक दलका लागि चुनावी रणनीतिकारका रूपमा परिचित किशोरले पहिलो पटक प्रत्यक्ष चुनावमा उम्मेदवारी दिएर भाजपाको बलियो आधार मानिएको क्षेत्रमा विजय हासिल गर्नुभएको छ। बाँकीपुर विधान सभा क्षेत्र लामो समयदेखि भाजपा नेता नितिन नबिनको प्रभाव क्षेत्रमा पर्दै आएको थियो ।

नवीन राज्यसभामा निर्वाचित भएपछि रिक्त भएको सिटमा भएको उपचुनावमा किशोरले जित हासिल गर्नुभएको हो । दिल्लीको जन्तरमन्तरमा भएको विद्यार्थी आन्दोलन र नवयुवाको असन्तुष्टिले यस क्षेत्रको चुनावमा ठूलो प्रभाव पारेको विश्लेषण गरिएको छ । धेरै शैक्षिक संस्थाहरू रहेको यस क्षेत्रमा युवा मतदाताको आक्रोशले भाजपालाई ठूलो धक्का दिएको छ ।