एजेन्सी। अफ्रिकी मुलुक सुडानमा सेनाले गेरेको ड्रोन आक्रमणमा परी ३५ जनाको मृत्यु भएको छ ।
देशको पश्चिमी क्षेत्रमा रहेको गारा अल–जाविया क्षेत्रमा सेनाको आक्रमणमा परी दर्जनाैं घाइते भएको विभिन्न संचारमाध्यमले जनाएका हुन् । उत्तरी डार्फर राज्यको गारा अल–जाविया गाउँमा रहेको एक परम्परागत अदालतमा अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्सेस, आर.एस.एफ.लाई लक्षित गरी ड्रोन आक्रमण गरिएको थियो ।
आक्रमणमा मारिनेमा चार जना जातीय नेता र आरएसएफका दुई जना कमान्डर समेत रहेको सेनाले जनाएकाे छ। स्थानीय मुद्धा तथा विवादसम्बन्धी सुनुवाइका लागि परिसरमा सहभागी सर्वसाधारणबीचमा भएको आक्रमणमा यति धेरै मानवीय हताहती भएको अधिकारीहरुले बताएका छन् । गारा अल–जाविया आरएसएफको नियन्त्रणमा रहेको क्षेत्र हो ।









प्रतिक्रिया दिनुहोस्