Logo १७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026


स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा


351
Shares

पर्सा । प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मातहतको इलाका प्रहरी कार्यालय जानकी टोलबाट खटिएको प्रहरीले विशेष सूचनाका आधारमा पर्साको जगरनाथपुर गाउँपालिका-२ नहर सडकखण्डमा ना१०प ४४६९ नम्बरको मोटरसाइकलमा जाँच गर्दा स्रोत नखुलेको भारतीय रकम भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले मोटरसाइकलमा सवार मकवानपुरको राक्सिराङ गाउँपालिका-२ घर भई चितवनको माडी नगरपालिका-९ हनुमानझुला बस्ने ४२ वर्षीय दिपेश हिमडुङ र सोही स्थानका २६ वर्षीय तिलक हिमडुङलाई खानतलासी गर्दा निजहरूका साथबाट स्रोत नखुलेको प्रतिबन्धित भारतीय रकम फेला परेको जानकारी दिनुभयो ।