Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


पेरूमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा चालक दलसहित १३ जनाको निधन


13
Shares

एजेन्सी। पेरूको नाज्का सहरनजिक शनिबार पर्यटकहरू बोकेको एउटा विमान दुर्घटना हुँदा चालक दलसहित १३ जनाको मृत्यु भएको छ ।

एजेन्सीहरूका अनुसार विमानले नजिकैको इका सहरबाट उडान भरेको हाे । २ हजार वर्ष पुरानो नाज्का लाइन्स अवलोकन गराउने क्रममा विमान नाज्का लाइन्स नजिकै खेतमा खसेको थियो । दुर्घटना लगत्तै विमानमा आगलागी भएको थियो । विमानमा दुई जना पाइलटसहित ११ जना पर्यटक सवार थिए । दुर्घटनापछि विमानको भग्नावशेष वरिपरि जलेका शवहरू फेला परेका जनाइएकाे छ ।

अधिकारीहरूले हालसम्म मृतकहरूको पहिचान सार्वजनिक गरेका छैनन्। उनीहरू कुन–कुन देशका नागरिक थिए भन्ने विवरण पनि खुलाइएको छैन । दुर्घटनामा परेको विमान पेरूको एरोडियाना कम्पनीले सञ्चालन गरिरहेको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान शुरु गरिएको छ ।

एरोडियानाले घटनाकाे बारेमा हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

Skip This