Logo १७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026


 चलचित्र निर्माता थापाको तीज गीत ‘दिक्क लाइसक्यो’ सार्वजनिक


0
Shares

काठमाडौं । चलचित्र निर्माता अविरल थापाले तीज गीत ‘दिक्क लाइसक्यो’ सार्वजनिक गरेका छन् ।

गीतमा दीपिका बयम्बु, बेनिशा पौडेल र सुनिता बिकको स्वर रहेको हाे । संगीत किरण भुसालले र  शब्द अविरल थापाको रहेकाे छ । गीतमा विभिन्न पेसामा आवद्ध श्रीमान‍का श्रीमतीहरूले गरेका गुनासालाई व्यंग्यात्मक र ठट्यौलो शैलीमा उतारिएको हाे ।

गीतको भिडियो वर्षा पौडेलले निर्देशन गरेकी छन् । भिडियोमा ‘एज रिभर्सड’ कास्टिङ गरिएको हाे । बयस्क महिलाहरूको भूमिकामा बालिकाहरूलाई अभिनय गराइएको छ । गीतमा नेपा डान्स एकेडेमीका १६ जना बालिकाको नृत्य रहेकाे हाे ।

रोहिया महर्जनले कोरियोग्राफी गरेकी छन् ।