काठमाडाैं । त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउने सेवाग्राहीहरूको अत्याधिक घुइँचाे लागेको छ ।
ईपीएसअन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिनेहरूको संख्यामा वृद्धि भएसँगै विभागमा चाप बढेको कार्यालयले जनाएको हाे । राहदानी लिनका लागि लामवद्ध हुनेहरूको बाक्लो उपस्थिति रहेको छ । सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै विभागले साउन १८ गतेसम्म राहदानी आवेदन फाराम खुला राख्ने निर्णय गरेको हाे ।
यस प्रक्रियालाई सहज बनाउन विभागले सार्वजनिक बिदाका दिनहरू शनिबार र आइतबार समेत कार्यालय खुला राखी सेवा प्रवाह गर्ने जानकारी दिएको छ । घर–घरमा राहदानी पुर्याउने नारासहित अघि बढेको सरकार राहदानी विभागमा पुगेर लामवद्ध नागरिकहरुलाई समयमै राहदानी समेत दिन नसकेको भन्दै नागरिकहरुले सरकारको विरोध गरिरहेका छन् ।






















प्रतिक्रिया दिनुहोस्