काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले अविरल वर्षासँगै देशका काठमाडौं र भक्तपुरसहित ३१ जिल्लामा बिहीबार आकस्मिक बाढीको जोखिम रहेकाे पूर्वानुमान गरेकाे छ ।
महाशाखाले कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको हाे । बिहीबार काठमाडौं, भक्तपुर, ललितपुर, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, संखुवासभा, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, हुम्ला, बझाङ, बाजुरा, अछाम, डोटी, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेकाे छ । साेही जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको हाे ।
महाशाखाले नारायणी, कर्णाली र महाकाली लगायत केही ठूला नदीमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेकाे छ ।










प्रतिक्रिया दिनुहोस्