काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाउनुभएकाे छ।
रास्वपाका महामन्त्री विपिन आचार्यले सुनसरी घटना लगायत विषयमा छलफल गर्न सभापति लामिछानेले बुधबार बिहान ८ बजे सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठककाे आह्वान गरेकाे बताउनुभएकाे हाे । महामन्त्री आचार्यले बिहीबार बैठक बिहान ८ बजे लेखा समितिको कार्य कक्षमा बैठक बस्ने बताउनुभएकाे हाे ।
छलफलमा संसद्मा रहेका सबै राजनीतिक दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वको पार्टीलाई समेत आमन्त्रण गरिएको महामन्त्री आचार्यले जानकारी दिनुभयाे । सबै दललाई पत्राचार गरिएको र नेताहरूलाई सभापति लामिछानेले फोन गरेर पनि आमन्त्रण गरेकाे उहाँको सचिवालयले जनाएकाे छ।
असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव तथा शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रूपमा पनि सामूहिक सन्देश र अपिलको आवश्यकता बोध भएकाले छलफल आयोजना गरिएको रास्वपाले जनाएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्