Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


अमेरिका र इरानबीच निकै सौहार्दपूर्वक संवाद जारी रहेकाे राष्ट्रपति ट्रम्पको दावी

इरानलाई पैसा दिएर फकाउन नसकिने टिप्पणी

13
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच निकै सौहार्दपूर्वक संवाद जारी रहेकाे दावी गर्नुभएकाे छ।

राष्ट्रपति ट्रम्पले वार्ता लामो समयसम्म लम्ब्याउने पक्षमा आफू नरहेको संकेत समेत गर्नुभएकाे हाे । उहाँले इरानलाई पैसा दिएर फकाउन नसकिने टिप्पणी समेत गर्नुभयाे। उनीहरूलाई युद्धमार्फत ने पराजित गर्नुपर्नेमा उहाँकाे जाेड छ।

इरानले हाल नाकाबन्दी हटाइदिन आग्रह गरेको राष्ट्रपति ट्रम्पको दावी थियाे । अमेरिकाले इरानको नौसेना, वायुसेना, सैन्य नेतृत्व तथा रक्षा प्रणालीलाई ठूलो क्षति पुर्‍याएको समेत उहाँले जिकिर गर्नुभउकाे छ।

उहाँले इरानको ड्रोन तथा मिसाइल उत्पादन क्षमताको अधिकांश भाग पनि ध्वस्त पारिएको बताउनुभयाे । इरानले कहिल्यै आणविक हतियार प्राप्त गर्न नसक्ने सुनिश्चित गर्न अमेरिका दृढतापूर्वक अघि बढिरहेको राष्ट्रपति ट्रम्पकाे दावी छ ।