Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


इजरायली प्रधानमन्त्री नेतन्याहुले आज राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्दै


13
Shares

एजेन्सी । अमेरिका भ्रमणमा रहनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुहुने भएकाे छ।

विश्वका दुई शक्तिशाली प्रमुख नेताहरुबीच इरानसँग अमेरिका र इजरायलको युद्ध, गाजापट्टीमा इजरायलको लगातार आक्रमण र रुस-युक्रेन जारी युद्धको बारेमा भेटवार्ताका क्रममा विशेष छलफल हुने अपेक्षा गरिएकाे हो । साेही भेटवार्ताको मुख्य एजेन्डा इरानको विवादास्पद परमाणु कार्यक्रम र रणनीतिकरूपमा अति संवेदनशील हर्मुज जलमार्ग रहेको छ । अमेरिकाले इरानमाथि आफ्नो बमबारी अभियानलाई केही समयको लागि विश्राम दिएको छ ।

इजरायलले भने ट्रम्प प्रशासनले इरानको परमाणु क्षमता पूर्णरूपमा नष्ट नगरी अधुरो सम्झौता गर्नसक्ने आशंका गरेकाे हाे। यसबाहेक, टर्कीलाई आधुनिक एफ–थर्टी फाइभ लडाकु विमानहरूको बिक्री, साउदी अरेबियासँगको आणविक सम्झौता र गाजा तथा लेबनानको सुरक्षा मुद्दाहरूमा पनि दुई नेताबीच तीव्र मतभेद देखिएको छ ।

अमेरिकाका कट्टर समर्थक प्रधानमन्त्री नेतान्याहु दिवंगत सिनेटर लिन्डसे ग्राहमको अन्त्येष्टिमा सहभागी हुन वाशिङ्टन पुग्नुभएको हो ।