Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


देशैभरका अस्पतालहरूमा आज आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघकाे घोषणा (विज्ञप्तिसहित)


39
Shares

काठमाडौं । नेपाल चिकित्सक संघले मंगलबार देशैभरका सरकारी, गैरसरकारी र निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको छ ।

संघले साेमबार राति एक विज्ञप्ति जारी गर्दै वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा मंगलबार आकस्मिक बाहेका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको हाे ।

संघले यहि साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राम लगायतका चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि साङ्घातिक आक्रमण गरी टाउकोमा गम्भीर चोट पुर्‍याइएको जनाएकाे छ।