Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


कोशीमा मुख्यमन्त्रीकाे टुंगो लागेपछि मात्रै कांग्रेसका मन्त्रीहरूकाे सरकार छाेड्ने तयारी


13
Shares

काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशमा मुख्यमन्त्रीको टुंगो लागेपछि मात्रै मन्त्रीहरुले सरकार छाेड्ने तयारी गरेका छन् ।

कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीको बन्ने भन्ने टुंगो लागेपछि मात्रै मन्त्रीहरूले सरकार छाेड्ने बताउनुभएकाे हाे । उहाँले आफूहरु पर्ख र हेरको अवस्थामा रहेकाे र मुख्यमन्त्री को बन्ने भन्ने टुंगो लागेपछि मात्र निर्णय लिने बताउनुभयाे ।

हाल कोशीमा अहिले नेकपा एमाले–कांग्रेसको सरकार रहेकाे छ । तर, एमाले र नेकपाले शनिबारै प्रदेश सरकार बनाउन गठबन्धन गर्ने सहमति गरिसकेका छन् । एमाले र नेकपाबीचको यो सहमतिपछि अब कोशीमा एमालेले सरकारको नेतृत्व गर्ने भएकाे हाे ।

साथै कांग्रेस सभापति गगनकुमार थापाले आइतबारै प्रदेशमा विकसित परिस्थितिकाे बारेमा पार्टीका प्रदेश सभापतिसँग छलफल गर्ने तय भएको बताउनुभएकाे छ।