काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा पार्टीका महामन्त्री गुरु घिमिरेद्वारा लिखित पुस्तक बुद्ध, वीपी र आजका नेता र लिलिपुटका लघुमानव विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले आत्मदाहजस्ता गम्भीर घटनालाई राजनीतिक आरोप–प्रत्यारोपको विषय नबनाई सरकार र प्रतिपक्ष मिलेर समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । उहाँले गणेश नेपालीको आत्मदाहको घटनालाई राजनीतिक बहस वा दोषारोपणको विषय नबनाई मानवीय संवेदनाको रुपमा हेर्नुपर्ने कुरामा पार्टी गम्भीर रहेको पनि बताउनुभयो । उहाँले प्रेम आचार्यको आत्मदाहको घटनालाई स्मरण गर्दै नागरिकको असन्तुष्टि र निराशा अझैपनि कम हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘केही दिन अगाडि गणेश नेपालीको आत्मदाहको घटना भयो । कतिपयलाई लाग्यो कि गणेश नेपालीले आत्मदाह गरेपछि नेपाली काँग्रेस पार्टीले यसलाई सरकारलाई घेर्ने मुद्दाको रुपमा जबरजस्त उठाउनेछ । तर हामीले साच्यौँ प्रेम आचार्यले पुराना भनिएका दलहरुको पालामा, हाम्रो पालामा यद्यपि नयाँ भनिएकै दलका साथि गृहमन्त्री पनि हुनुहुन्थ्यो । त्यही बेलामा आत्मदाह गर्नुभयो । आखिर हिजो किन त्यसो भयो रु आज पनि कि त्यसो हुँदैछ । हिजो हामीसँग किन नागरिक असन्तुष्ट रहे रु अहिले पनि फेरि निराशा किन बढ्दैछ । त्यसैले यो एउटाले अर्कोलाई दोषारोपण गर्ने विषय होइन । यो गम्भीरतापूर्वक सोच्ने कुरा हो कि नेपाली समाजमा यो प्रकारको गम्भीर निराशा किन फैलिदैँछ रु यस निराशासँग जुध्नको लागि सरकार र प्रतिपक्ष हामी सबै सँगसँगै उभिनु पनि छ ।’
उपसभापति शर्माले पुराना राजनीतिक दलहरुको समयदेखि नयाँ भनिएका राजनीतिक दलको समयसम्म सामाजिक निराशा कम हुन नसकेको भन्दै यससँग जुध्न सरकार र प्रतिपक्ष सँगसँगै उभिनुपर्नेमा जोड दिनुभयो ।









प्रतिक्रिया दिनुहोस्