Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


चलचित्र ‘बम्पर चिठ्ठा’ निर्माण गर्ने घोषणा


13
Shares

काठमाडौं । चलचित्र ‘बम्पर चिठ्ठा’ निर्माण गर्ने घोषणा गरिएको छ ।

थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । चलचित्रलाई निर्देशक बिक्की महर्जनले निर्देशन गर्ने भएका छन् । अमित अग्रहरि र निशा गुइदे निर्माता रहेका हुन् । नेपाली मौलिक कथा, संस्कृति र समकालीन मनोरञ्जनलाई विश्वसामु प्रस्तुत गर्ने उद्देश्यका साथ यो चलचित्र निर्माण गर्न लागिएको निर्देशक महर्जनले बताएका छन् ।

कमेडी जानरामा निर्माण हुने चलचित्र नेपाली, हिन्दी, तेलुगु र फ्रेन्च गरी चार भाषामा निर्माण हुने भएकाे हाे। विश्वव्यापी रूपमा अमेजन प्राइम भिडियोमार्फत प्रदर्शन गरिने भएकाे छ । चलचित्रको कथा निर्देशक महर्जन स्वयंले लेखेका हुन् । कलाकार तथा अन्य प्राविधिक टोलीकाे बारेमा विस्तृत जानकारी भने आगामी चरणमा सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

यसैबीच, यहि टिमले निर्माण गरेको चलचित्र ‘आउट ल’ आगामी सेप्टेम्बरमा अमेजन प्राइम भिडियोमार्फत विश्वव्यापी रूपमा सार्वजनिक हुने भएकाे छ।