Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


पहिराेका कारण अवरूद्ध भएकाे पृथ्वी राजमार्ग सञ्चालनमा


13
Shares

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलानजिक तिग्राङ खानी क्षेत्रमा खसेको सुक्खा पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ।

राजमार्ग शुक्रबार बिहान ४ बजेदेखि दुवैतर्फका सवारीसाधनका लागि पूर्ण रूपमा सञ्चालनमा आएको हो। यसअघि सो क्षेत्रमा माथिबाट निरन्तर सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। जोखिमका कारण जिल्ला प्रशासन कार्यालय धादिङले अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाएको थियो।

जिल्ला प्रहरी कार्यालय धादिङले पहिरो हटाएर सडक सुरक्षित बनाएपछि शुक्रबार बिहान ४ बजेदेखि पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको जनाएको छ ।

Skip This