काठमाडौँ ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रदेशहरुमा बनेको सत्ता सहकार्य भत्किएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा विकसित राजनीतिक घटनाक्रमले कांग्रेस र एमालेको गठबन्धनमा बनेका प्रदेश सरकारहरू संकटमा परेका छन् ।
सुदूर पश्चिममा एमालेले सरकारको समर्थन फिर्ता लिएको छ भने कर्णालीमा एमालेका मूख्यमन्त्री विरुद्ध अविश्वसा प्रस्ताव दर्ता भएको छ । यो क्रम अरु प्रदेशहरुमा समेत डढेलो झैं फैलिंदै छ ।
केन्द्रमा पाँच वर्षका लागि सत्ता बाहिर पुगेका कांग्रेस र एमाले जस्ता पुराना दलहरुबीच प्रदेशहरुमा पनि गठबन्धन टुट्ने अवस्था आएको छ । केन्द्रमा कुरा विग्रिएपछि सबैभन्दा पहिले यसको असर कर्णाली र सुदूरपश्चिम प्रदेशमा देखिएको छ । यी प्रदेशमा कांग्रेस–एमालेबीच सत्ता सहकार्य टुटेको छ ।
कर्णाली प्रदेशमा कांग्रेसका मन्त्रीहरुले सामूहिक राजीनामा बुझाएपछि मूख्यमन्त्री यामलाल कँडेल विरुद्ध अविश्वासको प्रस्ताव नै दर्ता भईसकेको छ । उता, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेपछि एमालेले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएसंगै मूख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेका छन् ।
सो प्रदेशमा कांग्रेस र नेकपाबीच सत्ता सहकार्य हुने चर्चा चलेको छ । नेकपाको संसदीय दलले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय नै गरेको छ । प्रदेशमा देखिएका यी घट्नाक्रमले एमाले र कांग्रेसबीचको सम्बन्धमा दरारहरु पैदा हुन थालेका छन् ।









प्रतिक्रिया दिनुहोस्