काठमाडौं । नेपाली यू-१९ महिला क्रिकेट टोली एसीसी एशिया कपमा छनोट भएको छ ।
मलेशियामा बुधबार सम्पन्न भएको एसीसी महिला यू–१९ प्रिमियर कपको क्वाटरफाइनलमा जापानलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेसँगै नेपाल एशिया कपमा छनोट भएको हो । जापानले दिएको ८९ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेट गुमाएर भेटायो । नेपालकी सावित्री धामीले नटआउट ४१ रन बनाइन् । जापानकी ममता कासवानले १ विकेट लिएकी हुन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको जापानले २० ओभरमा सबै विकेट गुमाएर ८६ रन बनायो । जापानकी बियान्का शिनोले नटआउट ३८ रन बनाइन् । नेपालका कृष्मा गुरुङ र रिया शर्माले २-२ विकेट लिएका थिए। अब नेपालले सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेल्ने भएकाे छ ।
त्यस्तै, अर्को सेमिफाइनलमा इन्डोनेशिया र थाइल्यान्डबीच खेल हुने भएकाे हाे। यी ४ वटै टोली एशिया कपमा छनोट भएका छन् ।









प्रतिक्रिया दिनुहोस्