Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


एकै परिवारका तीन बालबालिकाको डुबेर मृत्यु


897
Shares

सिरहा ।
सिरहाको गोलबजार नगरपालिका–७ मा एकै परिवारका तीन बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ।

गोलबजार–७ स्थित पशु बजार नजिकै रहेको पोखरीमा नुहाउने क्रममा आइतबार दिउँसो उनीहरूको मृत्यु भएको हो।

मृत्यु हुनेमा स्थानीय अब्बास खानका ८ वर्षीय एक छोरा सैफुल शेख तथा १० र १२ वर्षीया दुई छोरीहरू क्रमशः रुविना खातुन र सवनम खातुन रहेको सोही वडाका वडाध्यक्ष हरिशरण ठाकुरले जानकारी दिनुभयो। बर्षाका कारण पशु बजार क्षेत्रमा रहेको खाल्डोमा पानी भरिएर पोखरी बनेको थियो।

सोही पोखरीमा नुहाउन गएका बालबालिकाहरू पानीमा डुबेका हुन्। घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थल पुगेर उद्धार कार्यमा खटिएको थियो।

स्थानीयले ५ जना डुबेको बताएपनि औपचारिक पुष्टि भइसकेको छैन । सुरक्षाकर्मीले अहिले पनि खोजतलास जारी राखेका छन्।